दफा ६४
निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने
(१) मन्त्रालयले यस ऐन र यस ऐन अन्तर्गत नेपाल सरकारले बनाएको नियमावलीको कार्यान्वयन गर्न आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछ।
(२) दफा २८ बमोजिम बजार अनुगमन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित गाउँपालिका वा नगरपालिकाले आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।
(२) दफा २८ बमोजिम बजार अनुगमन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित गाउँपालिका वा नगरपालिकाले आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।